adgs

Monday, January 18, 2016

nepal is blackh horse

यू-१९ विश्वकपः भारत वा न्यूजिल्याण्डलाई स्तब्ध पार्ने नेपालको लक्ष्य

भोलि बंगलादेश जाँदै यू-१९ टोली


Raju-Rijal-And-Jagat-Tamata
५ माघ, काठमाडौं । दोस्रो चरणसम्म पुग्ने लक्ष्यका साथ विश्वकप क्रिकेट खेल्न नेपाली टोली भोली बंगलादेशतर्फ प्रस्थान गर्दैछ । नेपालको युवा क्रिकेट टोलीले विश्वकपमा भाग लिन लागेको यो साताैं पटक हो ।
यू-१९ विश्वकप क्रिकेटमा पटक-पटक शक्तिशाली टिमहरुलाई हराएर सनसनी मच्चाएको गौरवपूर्ण इतिहास नेपालसित छ । के यो टिमले त्यस्तो इतिहास दोहोर्‍याउने आशा गर्न सकिन्छ त ? टिमका कप्तान तथा कोचले एक स्वरमा टोलीमा त्यस्तो क्षमता रहेको दावी गरेका छन् ।
आउँदो ८ माघदेखि बंगलादेशमा हुने विश्वकपमा टेस्ट मान्यताप्राप्त ९ सहित १६ राष्ट्र समावेश छन् । नेपालको समूहमा रहेको शक्तिशाली अष्ट्रेलियाले अन्तिम समयमा सुरक्षाको कारण देखाउँदै सहभागिता रद्द गरेको थियो । अब नेपालको समूहमा भारत, न्यूजिल्याण्ड र आयरल्याण्ड रहेका छन् । नेपालले समूह चरण पार गर्नका लागि दुई टिमलाई हराउनुपर्ने हुन्छ ।
प्रशिक्षक जगत टमाटा र कप्तान राजु रिजालको लक्ष्य छ, भारत र न्यूजिल्याण्डमध्ये कम्तिमा एउटा टोलीलाई स्तब्ध बनाउने । छनोट प्रतियोगिताको फाइनलमा आयरल्यान्डलाई ३ विकेटले हराएर नेपाल विश्वकपका लागि छानिएको थियो । त्यसैले विश्वकपमा पनि आयरल्याण्डविरुद्ध नेपालको उच्च आत्मविश्वास रहने छ ।
न्यूजिल्याण्डलाई सन् २००६ मा अयोजित यू-१९ विश्वकपको प्लेट च्याम्पियनसिपतर्फ फाइनलमा नेपालले पराजित गरेको थियो । उक्त स्मरण पनि टोलीको हौसला बढाउनलाई काम लाग्ने अपेक्षा गरिएको छ । भारतसित भने नेपालले अहिलेसम्म कुनै पनि उमेर समूहको क्रिकेटमा जित हासिल गर्न सकेको छैन ।
प्रशिक्षक टमाटाले बंगलादेशको पीच नेपाली खेलाडीहरुका लागि बढि अनुकल रहेको दाबी गरेका छन् । उनी भन्छन्, ‘सामान्यतया सवकन्टिनेन्ट पिचहरु अलिकति स्लो र स्पिनरलाई मद्दत गर्ने हुन्छन् । यसले फास्ट बलरलाई खासै हेल्प गर्दैन ।’ उनले न्यूजिल्याण्डको टिम स्पिनिङ पिचमा खासै अभ्यस्त नभएकाले त्यसको फाइदा नेपालले उठाउन सक्ने आँकलन गरे ।
कप्तान रिजालले पनि न्यूजिल्याण्ड र भारतमध्ये एउटालाई हराएर समुह चरण पार गर्ने लक्ष्य लिएको बताए ।

No comments:

Post a Comment