adgs

Thursday, January 14, 2016

HSEB grade 11 Results of All Faculties Grade XI (11)

उच्च माध्यामिक शिक्षा परिषद् सानोठिमीले
बिहीबार कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ
। परीक्षामा ४९ दशमलव २० प्रतिशत विद्यार्थी
उतीर्ण भएका छन् ।
परीक्षामा नियमित तर्फ २ लाख ४३ हजार ७ सय ३१ जना
परीक्षार्थी रहेकोमा १ लाख १९ हजार ९ सय १६ जना
परीक्षार्थी उतीर्ण भएको परिषद्का
उपाध्यक्ष डा. चैतन्य शर्माले जानकारी दिनुभयो ।
परीक्षार्थी मध्ये ४ जनाको परीक्षा स्थगित
गरिएको छ भने ६१ जनाको परीक्षाफल रद्ध गरिएको छ ।
आंशिक तर्फ भने १ लाख २६ हजार ९ सय ३० जना
परीक्षार्थी सहभागि भएकोमा ४३ हजार ९८३ अर्थात
३४ दशमलव ६५ प्रतिशत परीक्षार्थी
उतीर्ण भएको उहाँले जानकारी दिनुभयो ।
परीक्षार्थी मध्ये ५ जनाको परीक्षा स्थगित
गरिएको छ भने ३५ जनाको परीक्षाफल रद्ध गरिएको छ । गतवर्ष
भने ४७ दशमलव २७ प्रतिशत परीक्षार्थी
उतीर्ण भएकोमा यसवर्ष उतीर्ण प्रतिशत बढेको शर्माले
जानकारी दिनुभयो ।
परीक्षा भएको ६ महिना पछि बल्ल कक्षा ११ को नतिजा सार्वजनिक
गरेको हो । परीक्षा भएको ९० दिन भित्र नतिजा सार्वजनिक गर्नु
पर्ने नियम भएपनि ६ महिना ढिलो नतिजा सार्वजनिक भएको छ । कक्षा ११ को
परीक्षा गत असार १ गतेदेखि भएको थियो । भूकम्पका कारण रोकिएको
सात जिल्लाको परीक्षा भने असार २४ गतेदेखि भएको थियो ।
विद्यार्थीले परीक्षाफल उज्यालोले गरेको एसएमएस
व्यवस्थाबाट पनि थाहा पाउन सक्नेछन् । यसका लागि अंग्रेजी
अक्षरमा एचएसइबी (HSEB) लेखि खाली ठाउँ छाडेर
आफ्नो सिम्बोल नम्बर लेखि ५५६६ मा पठाउनुपर्नेछ ।


===http://hseb.edusanjal.com/

No comments:

Post a Comment